अफगानिस्तानबाट नेपाली कति आए,कति अड्किए ?

अफगानिस्तानबाट नेपाली कति आए,कति अड्किए ?

अफगानिस्तानबाट हिजो साँझसम्म २ सय ८८ जना नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयले उपलब्ध गराएको हिजोसम्मको विवरणअनुसार स्वदेश फर्किन नाम लेखाएका २ सय ९६ जनामध्ये त्यति आइपुगेका हुन् ।

काबुलमा रहेका एक जना नेपालीका अनुसार अहिले धेरै जसो नेपालीलाई त्यहाँस्थित विदेशी नियोगहरुले नजिकैको एउटा क्याम्पमा लगेका छन् । त्यसैले खासै समस्या नरहेको उनी बताउँछन् । क्याम्पबाट विमानस्थल लैजान खोज्दा ट्राफिकको समस्याले गर्दा उनीहरुलाई क्याम्पमा राखिएको हो । उनले भने, ‘अहिले इन्डियन र नेपाली गरी करिब ४ सय जना छौँ । त्यस्तो असजिलो केही छैन । खानाको समस्या पनि छैन । हामी सेफ नै छौँ । अहिलेसम्म त्यस्तो डरलाग्दो केही छैन ।’

‘काबुलमा अहिले बत्ति छैन,बत्ति आए मात्रै फोन र इन्टरनेट चल्छ ।’ अहिले नेपालीहरुको उध्दारमा सहयोग गर्न त्यहाँस्थित राष्ट्र संघको कार्यालयमा कार्यरत एक जना नेपालीले निकै सहयोग गरेका छन् ।

हिजो बेलुकी जर्मन दूतावासमा काम गर्ने एक लटलाई जर्मनी लगिएको छ । उनीहरुलाई जर्मनीबाट केही दिनपछि नेपाल पठाउने भनिएको छ । फ्रान्सको दूतावासले पनि त्यहाँ कार्यरत नेपालीलाई लण्डन पुर्याएको छ । क्यानेडियन एम्बेसीले नेपालीलाई साइप्रस लगेको छ । जर्मन एम्बेसीले पनि केहीलाई लण्डन पुर्याएको छ । पश्चिमा राष्ट्रहरुको उध्दार उडानको क्रममा मिलाएर लैजाँदा नेपालीहरु साइप्रसदेखि लण्डनसम्म पुगेका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतले काबुलको हवाला दिँदै भनेको छ-त्यहाँबाट निस्कन अझै बाँकी छन् । ‘लिगल र इलिगल गरेर करिब १ हजारको आसपासमा होलान्,’स्रोतले भन्यो ।

काबुलको हालत कस्तो छ भनेर सोधिएको प्रश्नमा त्यहाँस्थित एक जना नेपालीले भनेका छन्, ‘काबुलमा अहिले बत्ति छैन,बत्ति आए मात्रै फोन र इन्टरनेट चल्छ ।’ अहिले नेपालीहरुको उध्दारमा सहयोग गर्न त्यहाँस्थित राष्ट्र संघको कार्यालयमा कार्यरत एक जना नेपालीले निकै सहयोग गरेका छन् ।

त्यहाँबाट निस्कन अझै बाँकी छन् । ‘लिगल र इलिगल गरेर करिब १ हजारको आसपासमा होलान्,’

सुरेशचन्द्र शर्माले भाइबर र ह्वाट्सएपको सुविधा भएको मोबाइल नम्बर ९३७८७८४५९९४ बाट धेरै जना नेपालीलाई काबुलमा भइरहेको उध्दार समन्वयमा सहयोग पुर्याउनुभएको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले पनि स्वीकारेका छन् । उहाँले हिजो मात्रै २० जना नेपालीको डिटेल काठमाडौंमा पठाउनुभएको छ ।

अहिलेसम्म अधिकांश नेपाली काबुलमा रहेको बताइन्छ । अन्य प्रान्तमा नेपाली नभए पनि आगा खान फाउण्डेशनमा भने केही नेपाली थिए । तर कोभिडको कारणले गर्दा उनीहरु अनलाइन ड्युटीमा खटिएका छन् । उनीहरु अधिकांश नेपालमा आएको बेला अफगानिस्तानमा भएको पछिल्लो घटनाले खासै असर नपरेको बताइन्छ ।

अहिलेको अवस्थालाई हेर्दा नेपालले छुट्टै विमान पठाएर उद्धार गर्नुपर्ने अवस्था छैन । अधिकांश नेपाली विदेशी कूटनीतिक नियोगहरुमा सुरक्षाकर्मीको भूमिकामा रहेको कारण उनीहरुले नै उध्दार गरेर अन्यत्र लगेका हुन् ।

व्यक्तिगत रुपमा काबुल पुगेकाहरुको पनि लगत संकलन कार्य शुरु गरिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन् । त्यस्ताको संख्या धेरै देखियो भने नेपाल सरकारले आफैँले उध्दारको लागि छुट्टै विमान पठाउनेसम्मको गृहकार्य भइरहेको स्रोतको दाबी छ । यदि त्यस्ता नेपालीको संख्या थोरै भएमा काबुलमा नियमित उडान चलेपछि वा बीचमा कुनै शक्ति राष्ट्रको पहलमा वा जतिसुकै संख्याका लागि भए पनि प्लेन पठाउनुपर्ने गरेर छुट्टाछुट्टै विकल्पमा कार्य भइरहेको जानकारी दिइएको छ ।

नेपाल आएकामध्ये सबैलाई विमानस्थलमा पीसीआर परीक्षण पश्चात् होल्डिङ्ग सेन्टरमा पुर्याइएको छ । हिजो बेलुकासम्म २ सय ८८ जनालाई धापासीको होल्डिङ्ग सेन्टरमा राखेर बिस्तारै उनीहरुको थातथलो पठाइने छ ।

अफगानिस्तानको पूरै सत्ता कब्जा गरिसकेकाले तालिवानले नयाँ सरकार गठनको प्रक्रिया थालेको छ । सम्भवतः मिलिजुली र प्रतिनिधिमूलक सरकारको तयारी गरिरहेको काबुलवासीहरुले अनुमान गरेका छन् ।

एउटा सबैभन्दा रमाइलो पक्षचाहिँ महाशक्ति राष्ट्र अमेरिकाले काबुल छाड्न सुरसार गरेलगत्तै सरकार र सरकारी सुरक्षाकर्मीले तालिवानविरुध्द फिटिक्कै प्रतिकार गरेको देखिएन । केही समयअघि तालिवान र छिमेकी चीनका नेताहरुको भेट्वार्ताबारे पश्चिमा माध्यमहरुले समाचार समेत लेखेका थिए । अहिले अरु सबै देशले दूतावास खालि गरिरहँदा चीन र रुसले भने काबुलस्थित दूतावासलाई निरन्तरता दिने बताइसकेका छन् ।

टिप्पणीहरू