प्रतिबन्धित औषधी सहित दुई जना पक्राउ

प्रतिबन्धित औषधी सहित दुई जना पक्राउ

प्रतिबन्धित लागू औषधीसहित मोरङमा दुई युवा प्रहरीको फन्दामा परेका छन ।

पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका ४ का २१ बर्षीय बिदुर राई र उर्लाबारी नगरपालिका ३ का २२ बर्षीय बिक्रान्त अधिकारी रहेका छन् । उनीहरुलाई मोरङ मिक्लाजुङ गाउँपालिका ३ स्थित सुन्दरी चौकबाट हिजो राती प्रतिबन्धित औषधी सहित पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरुको साथबाट ट्रमाडोल क्याप्सुल २८८२ र स्पासपेन ट्यावलेट २९२० वटा बरामद गरेको छ । दुवैविरुद्ध थप अनुसन्धान भईरहेको छ ।

टिप्पणीहरू