माधव दिनभर महाराजगन्जमा

माधव दिनभर महाराजगन्जमा

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल हिजो एकाएक किसन श्रेष्ठको निवास महाराजगञ्ज पुग्नुभयो । त्यहाँ तीन घण्टा छलफल र कुराकानी भएको बताइन्छ ।

नेपालसँगै त्यहाँ उहाँनिकट अन्य नेताहरु पनि हुनुहुन्थ्यो । पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली एकपक्षीय ढंगले हिँडेको, एकताको निम्ति कुनै चासो नदेखाएको भन्दै छलफलमा विभिन्न विकल्पमाथि विस्तृत कुराकानी भएको बताइन्छ ।

त्यसपछि त्यहाँबाट उहाँहरु नयाँ बानेश्वरस्थित समूहको सम्पर्क कार्यालयमा जानु भएको स्रोतको दाबी छ ।

तनहुँबाट काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएर एकाएक प्रतिनिधि सभामा झुल्किएका किसान श्रेष्ठ अघिल्लो महिना ओली क्याम्प छाडेर छापामार शैलीमा देउवा सरकारको सारथि बन्न पुगेका थिए ।

टिप्पणीहरू