फोहोर कहिलेदेखि पाइएला फाल्न

फोहोर कहिलेदेखि पाइएला फाल्न

नेपाल मजदुर किसान पार्टीका नेता तथा प्रतिनिधिसभा सांसद प्रेम सुवालले ३ महिनामा ३५ दिन काठमाडौंको फोहोर सडकमै हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सुवालले ३ महिनामा ३५ दिन फोहोर सडकमै रहेको र अझै १५ दिन घरमै फोहोर राख्नुपर्ने भए ‘फोहोरबाट मोहोर बनाउने’ भनेर छुट्याइएको बजेटको अर्थ नहुने बताए ।

बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न शहरी विकास मन्त्रालयले चासो नदेखाएका कारण अझै ३० प्रतिशत काम बाँकी रहेको सुवालको भनाइ छ ।

यस्तै,राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले कपिलवस्तु र लुम्बिनीमा बुद्ध सभ्यता भन्दा पहिला अन्य सभ्यता भएकोले त्यसको खोजी गरिनुपर्नेमा जोड दिइन् ।

ती स्थानको अन्वेषण गरे कपिलवस्तु,रुपन्देही र नवलपरासीलाई मिलाएर बुध्दिष्ट सभ्यताको विशाल शहर बनाउन सकिने उनको दाबी छ ।

टिप्पणीहरू