पौडी खेल्ने क्रममा बालकको मृत्यु

पौडी खेल्ने क्रममा बालकको मृत्यु

मोरङ जहदा गाऊपालिका ३ जयरामपुरका रबिया ऋषिदेवको १० बर्षीय छोरा गोलु ऋषिदेवको खोलामा डुबेर मृत्यु भएको छ ।

हिजो बेलुका ५ बजे उनि साथीहरुसंग खद्रा खोलामा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा डुबेर घाईते भएको बालकलाई उपचारको लागी कोशी अस्पताल विराटनगरमा पुर्यालउन साथ मृत्यु भएको हो ।

उनलाई प्रहरी चौकी मझारेको प्रहरी टोलीले खोलाबाट उद्धार गरेको थियो । तर बालकको ज्यान जोगानउ भने सफल हुन सकेनन ।

घटनाबारे सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएके छ ।

टिप्पणीहरू