महालक्ष्मी विकास बैंक लि. र ई-सेवा मनी ट्रान्सफर प्रा. लि. बीच सम्झौता

महालक्ष्मी विकास बैंक लि. र ई-सेवा मनी ट्रान्सफर प्रा. लि. बीच सम्झौता

ग्राहकहरुलाई मनी ट्रान्सफर सम्बन्धि थप सुविधा प्रदान गर्ने उद्देश्यले आज शुक्रवार महालक्ष्मी विकास बैंक र ई–सेवा मनी ट्रान्सफर प्रा. लि. बीच सम्झौता भएको छ ।

ई–सेवामनी ट्रान्सफर प्रा.लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

आफ्ना ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट ई–सेवा रेमिट मार्फत सोझै खातामा रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ ।

ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको बैंकले हाल सम्म २४ वटा रेमिटान्स कम्पनीहरु सँग सम्झौता गरी ग्राहकहरुलाई रेमिटान्स सुविधा प्रदान गर्दै आईरहेको छ ।

१०३ वटा शाखाहरु मार्फत बैकिङ्ग कारोवार गर्दै आईरहेको बैंकले आगामी दिनमा बैकिङ्ग सेवालाई अत्याधुनिक प्रविधि मैत्री बनाई ग्राहकहरुलाई थप गुणस्तरीय सेवाप्रदान प्रदान गर्ने बैंकले प्रतिवद्धता व्यक्त गरेको छ ।

टिप्पणीहरू