कोरोना संक्रमित र निधन हुनेको संख्या घटेन

कोरोना संक्रमित र निधन हुनेको संख्या घटेन

आज कोरोनाबाट देशभर ३२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ हजार २ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ८ सय ६ जनामा पीसीआर तथा ४ हजार ६ सय ५६ जनामा एन्टिजेन गरी १५ हजार ४ सय ६२ जनामा परीक्षण गरिएको थियो ।

त्यसैगरी आज २ हजार २ सय ९४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयले दिएको जाकारीअनुसार आज मुलुकभर ३८ हजार १ सय ८० जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू