रुने–कराउने त कति कति !

नायिकाका कारण निर्माता÷निर्देशकबीच शीतयुद्ध शुरु भएको छ । नगद नारायण कुम्ल्याएर नायिका फरार भएपछि निर्माता, निर्देशकको रुवावासी मात्र मच्चिएको छैन । यही कारण दुईबीच बोलचाल नै बन्द हुने अवस्था छ । दुई लाख रुपैंया नगदसहित नायिका बेपत्ता भइदिँदा चलचित्रका निर्माता आकाश पल र निर्देशक दीपक वलीबीच जुहारी चल्दै बोलचाल बन्द हुने स्थिति पुगेको हो ।

चलचित्रको सुटिङ नसकिँदै नायिकाले आफ्नो पारिश्रमिकबापतको दुई लाख लिएर निर्माता÷निर्देशकको फोन उठाउन र म्यासेज गर्न छाडेपछि शीतयुद्ध शुरु भएको हो । यसरी निर्माता र निर्देशकलाई फनफनी घुमाइदिने र यी दुईबीच झगडाको बिउ रोपिदिने नायिका हुन् निशा अधिकारी । शिक्षा क्षेत्रको विषयवस्तुलाई समेटेर चलचित्र ‘कुम्भकर्ण’ बन्दै थियो । प्युठान र दाङमा छायाँकन भइरहेको उक्त चलचित्र दीपक वलीले निर्देशन गर्दै थिए । 

एक हप्ताको सुटिङ बाँकी नै रहँदा नायिका अधिकारीले पारिश्रमिकबापतको दुई लाख हात पारेपछि निर्माता/निर्देशक मात्र होइन, चलचित्र युनिटको फोन उठाउन छाड्दा गौरव पहारी, भोलाराज सापकोटा, अभय बराल, अकाश पल, कुलदिप अधिकारी, सद्धाव थापालगायत तनावमा छन । अधिकारीले केही महिनाअगाडि स्वर्गद्वारी होटलमा मध्यरात बियर खाएर उत्पातै मच्चाएको समेत निर्माता युनिटले बिर्सिएको छैन । उक्त समय स्वर्गद्धारी होटलमा बियर पिइरहँदा मध्यराति आफ्नो होटलमा पुरुष पसेको भन्दै विवाद निकालिन् । विवादले उग्र रुप लिँदा भिंग्री चौकीमा उजुरीसमेत पुग्यो । चौकीले फिंगर प्रिन्ट खोज्यो पछि निशाले आफू भ्रममा परेको भन्दै घटना सामसुम पारियो ।

टिप्पणीहरू