बालकुमारी चोकमा मोटरसाइकल दुर्घटना, युवाको घटनास्थलमा प्राण गयो

बालकुमारी चोकमा मोटरसाइकल दुर्घटना, युवाको घटनास्थलमा प्राण गयो

ललितपुरको बालकुमारी चोकमा भर्खरै भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । ग्वार्को–कोटेश्वर सडक खण्डमा कोटेश्वरतर्फ जाँदै गरेको मोटरसाइकल बालकुमारी चोकमा दुर्घटना हुँदा  एक युवाको घटनास्थलमै निधन भएको हो ।

बा. प्र. ०२०-२७ प ३४५९ नम्बरको एफजेट मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा मोटरसाइकलमा सवार अन्दाजी २३ वर्षका विकेश श्रेष्ठको मृत्यु भएको हो । मकवानपुरको हेटौंडा घर भई हाल धुम्बाराही बस्ने श्रेष्ठले चलाएको मोटरसाइकल पल्टिँदा टाउकोमा लागेको गहिरो चोटका कारण उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

हाल मृतकको शव पोष्टमार्टमका लागि नजिकैको बीएण्डबी अस्पतालमा लगिएको छ ।

टिप्पणीहरू