माछा पोखरीमा डुबेर एक वृद्धको ज्यान गयो

माछा पोखरीमा डुबेर एक वृद्धको ज्यान गयो

माछापोखरीमा डुबेर एक जना बृद्धले ज्यान गुमाएका छन । आज दिउँसो करिब ३ बजेतिर त्रियुगा नगरपालिका ५ देउरीमा रहेको कुमार दाहालको पोखरीमा डुबेर ६५ वर्षीय दलसेर राइले ज्यान गुमाएका छन ।

राइलाइ माछा पोखरीमा मृत अवस्थामा भेटिएको खबर आएपछि प्रहरीले आवश्यक कानूनी कार्वाही अघि बढाएको जनाएको छ । घटनास्थल र लाश जाँच मुचुल्का सम्पन्न गरी पोष्टमार्टमको निम्ति शवलाइ उदयपुर जिल्ला अस्पतालमा पठाएको छ ।

घटनाबारे विस्तृत अनुसन्धान कार्य भइरहेको प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

टिप्पणीहरू