आज बिध्युतको हाकिममा कुलमानलाई फर्काइँदै,हितेन्द्रलाई हटाइँदै

आज बिध्युतको हाकिममा कुलमानलाई फर्काइँदै,हितेन्द्रलाई हटाइँदै

सरकारले आज नेपाल विध्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई नियुक्त गर्ने भएको छ । आज बस्ने मन्त्रिपरिषद बैठकले अहिलेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर घिसिङलाई प्राधिकरणमा लैजान लागेको हो ।

यसअघि कार्यसम्पादनमा कमजोरी देखिएको भन्दै उर्जामन्त्री पम्फा भुसालले शाक्यको राजीनामा माग्नुभएको थियो । शाक्यले भने भदौ २ गते प्राधिकरणको वार्षिकउत्सवसम्म यथावत राखेर विध्युतकै अन्य ठाउँमा स्थानान्तरण गर्न माग गरेका थिए ।

१८ घण्टे लोडसेडिङ अन्त्य गरी प्राधिकरणको व्यवस्थापनमा अब्बल सावित भएर वाहवाही कमाएका घिसिङलाई दोस्रो कार्यकालका लागि पनि कार्यकारी निर्देशक नियुक्त गर्न अघिल्लो केपी ओली नेतृत्वको सरकारमाथि जनस्तरबाटै दबाब बढे पनि शाक्यले नियुक्ति पाएका थिए । देउवा सरकारले उक्त नियुक्ति उल्ट्याउँदै घिसिङलाई प्राधिकरणको जिम्मा दिन लागेको हो ।

टिप्पणीहरू