सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिदै

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिदै

शेरबहादुर देउवा नेतृत्वको सत्तारुढ गठवन्धनले सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत गठवन्धनका शीर्ष नेताहरूले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

अहिले सरकारलाई सघाउन गठित सत्तारुढ गठवन्धनको कार्यदलका संयोजक पूर्णबहादुर खड्काले साझा न्यूनतम कार्यक्रम वाचन गरिरहनु भएको छ । हिजोको ३.३ को ५ मा स्थानीय तहलाई प्रदेश मातहत ल्याउन आवश्यक कार्य गर्ने भन्ने थियो । आज त्यसलाई हेरफेर गरिएको छ ।

नीति तथा कार्यक्रममा कोभिड १९ बाट उत्पन्न परिस्थितिलाई सहज बनाउन विशेष जोड दिइएको छ । जसका लागि असोजसम्ममा एक तिहाइ नागरिकलाई र चैत्र मसान्तसम्ममा खोप लगाउन योग्य सबै नेपालीलाई नि:शुल्क खोपको व्यवस्था गर्ने प्रतिवद्धता जनाइएको छ।

साथै, स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा साधन (पिपिई), उपचारमा खटिएका स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारी, एम्बुलेन्स चालक, सफाई मजदुर तथा सुरक्षाकर्मीहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने उल्लेख छ ।

त्यस्तै, कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि अस्पताललगायत भौतिक पूर्वाधारको विकासमा जोड दिने पनि नीति कार्यक्रममा समेटिएको छ ।

 

 

टिप्पणीहरू