नागार्जुनमा भोलि र पर्सि खोप,पाँच महिनापछि दोस्रो डोज

नागार्जुनमा भोलि र पर्सि खोप,पाँच महिनापछि दोस्रो डोज

भोलिदेखि पाँच महिनाअघि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका बृद्धवृद्धालाई दोस्रो डोज लगाइने भएको छ । जापान सरकारले अष्ट्राजेनिका खोप उपलब्ध गराएपछि भोलिदेखि दोस्रो मात्राको खोप लगाउने बाटो खुलेको हो ।

काठमाडौंको नागार्जुन नगरपालिकाले आज प्रकाशित गरेको सूचनाअनुसार भोलि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म १० वटा केन्द्रमा कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ६५ वर्ष उमेर माथिका बृद्धबृद्धालाई अष्ट्राजेनिकाको खोप लगाउन लागिएको हो ।सूचनाअनुसार वडा नम्बर १ मा शहरी स्वास्थ्य केन्द्र,२ मा युुनिक मोडल विद्यालय,शान्ति चोक,३ मा इचंगुनारायण स्वास्थ्य चौकी र ४ मा पिपल्स एकेडेमी सीतापाइलालाई खोप केन्द्र तोकिएको छ ।

त्यसैगरी इलाइन मेमोरियल थापा चोकमा वडा नम्बर ५ को खोप केन्द्र, रत्नराज्य मावि,रामकोटमा वडा नम्बर ६, शहरी स्वास्थ्य केन्द्र वार्ड नम्बर ७, भीमढुंगा स्वास्थ्य चौकी वडा नम्बर ८,वडा कार्यालय वडा नम्बर ९ र स्युचाटार स्वास्थ्य चौकी वडा नम्बर १० को निम्ति खोप केन्द्र तोकिएको छ ।

नगरपालिकाले पहिलो मात्रा खोप लगाएको खोप कार्ड बोकेर ल्याउन र विद्युतीय दर्ता गरेको प्रिण्ट वा फोटो सहित नम्बर ल्याएको आधारमा पनि खोप लगाउन सकिने भनेको छ । तर,खोपको पहिलो प्राथमिकता नगरवासीहरुलाई दिइने सूचनामा उल्लेख छ ।

टिप्पणीहरू