नायकको नाममा १० लाखको निवेदन

निर्माता निर्देशकले नपत्याइदिने, आफैंले बनाएको चलचित्रले पानी पनि पिउन नपाउने । तैपनि हाम्रा नायक÷नायिका कसरी महँगो राजधानी खाल्डोमा ऐयासी जीवन बिताउँछन् भन्ने तथ्य हो यो । 

चल्तीका नायक नै निर्माताको पैसा खाएर फरार ! १० लाखभन्दा बढी रकम ठगीकाण्डमा नायक भुवन केसी मुछिएका छन् । अमेरिकामा बसोबास गर्दै आएकी एक जना महिलाले नेपाली सिनेमा बनाउने इच्छा प्रकट गरिन् । सामाजिक सञ्जालको माध्यमबाट सम्पर्कमा पुगिन् । शुरुमा केसीले दश लाख एड्भान्स मागे । अमेरिकामा बसेर व्यवसाय गर्दै आएकी उनलाई दश लाख जोहो गर्नु कुनै सकस भएन । 

पैसा लिएको वर्ष दिन पुग्दासम्म चलचित्र बन्ने छाँटकाँट देखिएन । तारन्तार सम्पर्क गर्थिन् तर केसी सम्पर्कमै आएनन् । पैसा लिएपछि भुवन केसीकै ठूला कुरा हुन थाल्यो । बनाउने भनिएको चलचित्र वर्ष दिनसम्म पनि बन्न नसक्दा अन्ततः ती महिला स्वदेश फर्किइन् । र, भुवनको खोजीमा लागिन् । अहिले त्यही पैसा उठाउन एम्नेस्टी इन्टरनेशनल, कहिले मानवअधिकारवादीका कार्यालय धाउँदै छिन् । 

अघिल्लो साता मात्र महानगरीय प्रहरी परिसर हनुमानढोका पुगिन् । एसपी प्रद्युम्न कार्कीका अनुसार केसीविरुद्ध उनले दश लाख रुपैयाँको ठगीमुद्दा दायर गरेकी छन् ।

टिप्पणीहरू