नेपालकै पुरानो बिस्कुट कम्पनीमा भीषण आगलागी, आगो निभाउन हेलिकोप्टरको प्रयोग

नेपालकै पुरानो बिस्कुट कम्पनीमा भीषण आगलागी, आगो निभाउन हेलिकोप्टरको प्रयोग

काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुटको भवनमा गए रातिदेखि भीषण आगलागी भएको छ । रातभर ७ वटा दमकल र झण्डै १० वटा ट्याङ्करले आगो निभाउन प्रयास गरे पनि नसकेपछि बिहान हेलिकोप्टरको प्रयोग गरिएको थियो ।

आगलागी नियन्त्रणमा नेपाली सेनाका २ वटा, जुद्ध बारुण यन्त्रका २ वटा, नेपाल प्रहरी, भक्तपुर नगरपालिका, ललितपुर नगरपालिकाका एक एक वटा गरी ७ वट दमकलको प्रयोग गरिएको थियो ।

बिहानसम्म आगलागी नियन्त्रणमा आउन नसकेपछि हेलिकोप्टरबाट फोम खसालिएको थियो । आगलागीको कारण थाहा हुन सकेको छैन ।

नेबिको नेपालको सबैभन्दा पूरानो बिस्कुट कम्पनी हो । नेपाल बिस्कुट कम्पनीको छोटकरी रुप नै नेबिको हो ।

टिप्पणीहरू