राष्ट्रिय शक्तिले एमालेलाई दियो चेतावनी

राष्ट्रिय शक्तिले एमालेलाई दियो चेतावनी

राष्ट्रिय शाक्ति नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित नगर्न एमालेलाई चेतावनी दिएको छ ।

माइतीघर हाइटस्थित नेकपा (एमाले) केन्द्रीय कार्यालयमा राष्ट्रिय शाक्ति नेपाल र शिव सेना नेपालको मजदुर संगठनले हिजो एमसीसी पास नगर्न चेतावनीसहितको बिरोधपत्र बुझाएका हुन् ।

राष्ट्रिय शाक्ति नेपालका उपाध्यक्ष अनिल योगी,अभियन्ता तारा बराल,शिव सेना नेपालको मजदुर संगठनका अध्यक्ष मनोज सापकोटा,अनिता कार्कीलगायतको उपस्थितिमा एमाले पार्टी कार्यालयका सदस्य चन्द्र पासवानलाई बिरोधपत्र बुझाइएको थियो ।

बिरोधपत्रमा नेकपा एमालेको सरकार हुँदा एमसीसी पास गर्ने भनिए पनि अहिले नाटकीयरुपमा बिरोध गरिएको उल्लेख छ । पत्रमा नागरिकले नैसर्गिक अधिकारसम्म नपाएको अवस्थामा एमसीसी पास गर्न तम्सनेहरुलाई तपाईंको मार्क्सवाद यही हो ? भनेर प्रश्नसमेत गरिएको छ ।

सत्ता बाहिर रहँदा नागरिकतालाई रानीको जन्मदिनमा चक्लेट बाँडेजस्तो होइन भनेर बताउने एमाले अध्यक्षले सत्तामा पुगेपछि आफैंले गैरकानुनी रुपमा नागरिकता बाँड्ने पहल गर्नुभएको,देशको नक्सा उल्लेख गरिएको केकलाई जन्मदिनमा काटेर खाएको,सरकारी ढुकुटीको दुरुपयोग गरेकोलगायतका विषयसमेत पत्रमा उल्लेख गरिएको छ ।

टिप्पणीहरू