​सिटिजन्स बैंकको २५ प्रतिशत हकप्रद शेयर निष्काशनको स्वीकृत

नेपाल राष्ट्र बैंकको निर्देशन तथा सिटिजन्स बैंक इण्टरनेशनल लिमिटडको दशौं वाषिर्क साधारण सभावाट निर्णय भए वमोजिम बैंकले १०:२.५ -अर्थात २५ प्रतिशत) को अनुपातमा १ करोड ३८ लाख ४३ हजार ३७९ कित्ता हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र वोर्डवाट स्वीकृत भएको छ ।
 
बैंकले सो हकप्रद शेयर आगामी चैत्र महिनावाट जारी गरि २०७४ साल बैशाखा महिना भित्र पूंजी संकलन गरी सक्ने योजना छ । हाल बैंकको चुक्ता पूंजी रु. ५ अर्व ५३ करोड ७३ लाख ५१ हजार रहेकोमा यस हकप्रद शेयर जारी गरे पश्चात बैंकको कूल चुक्ता पूंजी ६ अर्ब ९२ करोड १६ लाख ८९ हजार ७०० हुनेछ । 

टिप्पणीहरू