हितेन्द्रको कार्यसम्पादन मूल्यांकन रिपोर्ट हेरियो,कुलमान फर्कने सम्भावना बढ्यो

हितेन्द्रको कार्यसम्पादन मूल्यांकन रिपोर्ट हेरियो,कुलमान फर्कने सम्भावना बढ्यो

उर्जामन्त्री पम्फा भुसालले कार्यसम्पादन मूल्यांकनका आधारमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबारे निर्णय गरिने बताउनुभएको छ । भुसालले आफूले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको कार्यसम्पादन मूल्यांकन मागिसकेको पनि बताउनुभयो ।

यसअघि प्रधानमन्त्रीको निर्देशनमा मन्त्री भुसालले शाक्यको राजीनामा मागेको समाचार बाहिरिएको थियो । उहाँले राजीनामा मागेको नभई कार्यसम्पादन हेर्न खोजेको बताउनुभयो ।

‘हरेक आर्थिक वर्षको अन्त्यमा कार्यसम्पादन मूल्यांकन हेरिन्छ, त्यहि मागिएको हो । म रिजल्ट हेर्ने मान्छे हुँ त्यसैले कार्यसम्पादन चित्तबुझ्दो भए रहनुहुन्छ नभए विकल्प खोजिन्छ’,मन्त्रीले भन्नुभयो ।

आजै उर्जा मन्त्रालयले विध्युत विकास र सिन्चाइ बिभागका केही डिजीहरू हेरफेर पनि गरेको छ । विध्युतका डिजी नविन्द्रराज सिंहलाई मन्त्रालयमा तानेर सन्दिप देवलाई खटाइएकाे छ । सिन्चाइका मधुकर राजभण्डारीलाई मन्त्रालयमा बोलाएर सुशील आचार्यलाई विभागमा पठाईएकाे छ ।

आफूले उर्जा क्षेत्रको समग्र सुधार र सुशासन चाहेको बताउँदै उहाँले सोहीअनुसारको काम खोज्ने पनि बताउनुभयो । पछिल्लो समय बिध्युत चुहावट बढेको,नेपालको उत्पादन खपत नहुने तर भारतबाट बिजुली ल्याउने अवस्था बनेको र बत्ति गैरहने समस्या देखिएको भन्दै उहाँले शाक्यको काम सन्तोषजनक नरहेको बताउनुभयो ।

‘यो सबै समस्या मसँग आएर ठोक्किने भएकाले म गम्भीर अध्ययन गर्दै छु । त्यसकारण पहिला कार्यसम्पादन हेरौँ अनि निर्णय हुन्छ । प्रधानमन्त्रीको चासो पनि यहि हो’,उहाँले भन्नुभयो ।

टिप्पणीहरू