काठमाण्डौँका एघार अस्पतालमा भेटिएनन् कोरोनाका बिरामी

काठमाण्डौँका एघार अस्पतालमा भेटिएनन् कोरोनाका बिरामी

काठमाण्डौँका प्राय: अस्पताल कोरोना संक्रमणका बिरामी मुक्त हुँदै छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कका आधारमा संक्रमण दर उकालो लागेपनि काठमाण्डौँका एघार अस्पताल तथा आइसोलेशनमा भने संक्रमणका बिरामी शून्य रहेको बताइएको छ ।

काठमाण्डौँका र्कीतिपुर मोडर्न अस्पताल,बयोधा अस्पताल , राजधानी अस्पताल,यति अस्पताल, ज्योती अस्पताल,बुद्ध माइ अस्पताल,र्कीतिपुरमा रहेको जेष्ठ नागरिकको भवनमा सञ्चालित आइसोलेशन केन्द्र ,र्कीतिपुर नयाँ बजार कभर्डहलमा रहेको आइसोलेशन केन्द्र,दक्षिणकाली नगरपालिकाअन्तर्गत मनमोहन स्मृति सामुदायिक अस्पताल, नागार्जुन नगरपालिकाको इचङ्गुमा शहरी विकासको माथिलो भवनमा आइसोलेशन केन्द्र , काठमाडौ महानगरपालिका वडा नं १५ ले तयार पारेको आइसोलेशनमा कोरोनाका बिरामी नरहेको बताइएको छ ।

यस्तै, आयुर्वेदिक अस्पतालमा ८४, नेशनल अस्पतालमा ६, सहिद मेमोरियल अस्पतालमा ५, मनमोहन मेमोरियल अस्पतालमा ८,ब्लु क्रस अस्पतालमा २, शुक्रराज ट्रपिकल अस्पतालमा ७५,वीरेन्द्र सैनिक अस्पतालमा १ सय ४ र चाल्नाखेल स्वास्थ्यचौकीमा ४ जना संक्रमित रहेका छन् ।

त्यस्तै, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा काठमाण्डौँका कृष्णबहादुर कामी र लमजुङका नवलसिङ घलेको संक्रमणका कारण मृत्यु भएको छ ।

टिप्पणीहरू