सिन्धुपाल्चोकको सौन्दर्यमा प्रकृतिको शत्रुता

सिन्धुपाल्चोकको सौन्दर्यमा प्रकृतिको शत्रुता

पछिल्लो समय प्राकृतिक विपत्तिको शिकार बन्दै आएको सिन्धुपाल्चोकको सुन्दरतामा विभिन्न विपदका घटना हावी भएका छन् । वि.सँ.२०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका,हेलम्बु गाउँपालिका लगायतका स्थानको सौन्दर्यता अहिले बाढी,पहिरोले बिगार्न थालेको छ । केही समयअघि सामाजिक सञ्जाल टिकटकमा उत्कृष्ट दृश्यका रुपमा चर्चा कमाएको नदी तटीय क्षेत्रमा रहेका मेलम्ची र हेलम्बु अहिले भने बगरमा परिणत भएको छ ।

असार १ गते इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची नगरपालिका र हेलम्बुमा पटक आक्रमण गर्ने क्रम जारी रहँदा हिजो फेरि नदीले धार परिवर्तन गरेर तहसनहस बनाएको छ । विकासका पूर्वाधारहरु सडक, पुल,राष्ट्रिय गौरवको मेलम्ची आयोजनामा पनि क्षति पुर्याएको छ । त्यस्तै,रेडियो मेलम्चीको भवनसहित प्रहरी चौकी,विद्यालय लगायतका भौतिक संरचनामा पनि लेदोसहित आएको बाढीले क्षति पुर्याएको हो ।

यसअघि गएको बाढीले मानवीय तथा भौतिक दुवैतर्फ क्षति गरेपनि हिजोको बाढीले भौतिक पूर्वाधारहरुमा मात्र क्षति पुर्याएको हो । प्रकृति आफैमाथि हावी भएपछि तीन दशकदेखि काठमाण्डौलाई खानेपानी दिन कस्सिएको सुन्दर वस्ती मेलम्ची अब बगरमा परिणत भएको छ ।

टिप्पणीहरू