माओवादी हौं भनी अदालत गुहार्ने भट्टसहित नेकपा एमालेको स्थायी कमिटी बैठक शुरु

माओवादी हौं भनी अदालत गुहार्ने भट्टसहित नेकपा एमालेको स्थायी कमिटी बैठक शुरु

माओवादी साँसद नै कायम गरि पाऊँ भन्दै सर्वोच्च अदालतमा मुध्दा हाल्न पुगेका लेखराज भट्टसहितलाई राखेर नेकपा (एमाले)संस्थापन पक्षको स्थायी कमिटी बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा शुरु भएको बैठकमा अध्यक्ष केपी ओली, उपाध्यक्ष वामदेव गौतम,महासचिव ईश्वर पोखरेललगायतका नेताहरु पुगिसकेका छन् ।

बैठकमा पूर्वगृहमन्त्री रामबहादुर थापा,पूर्व अर्थमन्त्री विष्णु पौडेल,पूर्वसभामुख सुवास नेम्वाङ, प्रवक्ता प्रदीप ज्ञवाली,बिष्णु रिमाल, छविलाल विश्वकर्मा,पृथ्वीसुब्बा गुरुङ,भानुभक्त ढकाल,किरण गुरुङ,केशव बडाल,लेखराज भट्टलगायत सामेल छन् ।

बैठकमा विधान महाधिवेशन, केन्द्रीय विभागहरूको गठन र सदस्यता नविकरणबारे छलफल हुने बुझिएको छ ।

हिजोको बैठक कार्यदलमा रहेका माधव नेपाल समूहका नेताहरुका कारण आज सारिएको हो । तर,आज पनि माधव नेपाल समूहका नेताहरु भने उपस्थित छैनन् ।

टिप्पणीहरू