देशद्रोह गरेकै हो त माधव नेपालले ?

देशद्रोह गरेकै हो त माधव नेपालले ?

शनिवार अपरान्ह आफूपक्षीय काठमाडौँ जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई देशद्रोही,अपराधी करार गर्दै पार्टीमा ठाउँ नभएको घोषणा गर्नुभयो । त्यति नै बेला अखिल फोर्सको भेलालाई सम्बोधन गर्न कार्की ब्याङ्केट पुग्नुभएका वरिष्ठ नेता नेपालले ओलीलाई जालझेल र षड्यन्त्र गरेर फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिनुभयो ।

“हिजो अध्यक्षले त्यस्तो नबोल्नुपर्थ्यो । माधव कमरेडले पनि ठाउँ पाउँदा छोड्नुभएको छैन । दुबैतिरबाट गलत भैरहेको छ’,”

पार्टी एकताका लागि दुबैतिर दोस्रो तहका नेताहरुको दौडधुप चलिरहेका बेला ओली र नेपाल सार्वजनिक रुपमै आरोप-प्रत्यारोपमा उत्रिएपछि एमाले विवाद थप बल्झिने देखिएको छ । विघटित कार्यदलका नेताहरु पार्टी एकताको कसरतमा जुटिरहेका बेला शीर्ष तहबाट भएका कटुतापूर्ण टिप्पणीले वातावरण बिगारेको नेताहरु बताउँछन् ।

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि अध्यक्ष ओलीले नेता नेपालमाथि आक्रामक अभिव्यक्ति दिँदै आउनु भएको छ । हिजो काठमाडौँका कार्यकर्तामाझ ओलीले नेता नेपाललाई प्रतिक्रियावादीको पुच्छर बनेर कम्युनिष्ट सरकार ढालेको आरोप लगाउनुभयो । आक्रामक टिप्पणी गर्नुभएका ओलीले आफ्नै पार्टीको सरकार ढालेर नेता नेपालले अपराध गरेकाले पार्टीमा ठाउँ नभएको अभिव्यक्ति दिनुभयो । नेता नेपाल प्रतिक्रियावादी कित्तामा पुगेको आरोप लगाउँदै देशद्रोहीको संज्ञा पनि दिनुभयो ।

नेता नेपालले पनि ओलीलाई जवाफ फ़र्काइरहनु भएको छ । हिजोको कार्यक्रममा पनि उहाँले ओलीलाई अरु षड्यन्त्र र जालझेल नगर्न चेतावनी दिनुभयो । आफ्नो समूहका २२ नेतालाई आममाफी दिने ओलीको टिप्पणीको पनि नेता नेपालले उतिबेलै कडा प्रतिवाद गर्नुभएको थियो । पटक-पटक प्रतिनिधिसभा विघटन गरेर संविधान विरोधी काम गर्दा पनि ओली अझै नसुध्रिएको नेता नेपालको भनाइ छ ।

‘दुई-दुई पटक प्रतिनिधिसभा “विघटनदेखि सारा राजनीतिक नियुक्तिसम्म उहाँले कसलाई सोध्नुभयो ? कुन कमिटीमा निर्णय गराउनुभयो ? अनि अहिले पनि उहाँले भनेअनुसार नै हामी मिल्न गैदिनुपर्ने हो ?’,

पार्टी एकताको सम्भावना क्षीण हुँदै जानुमा ओलीको निषेधको भाषा र त्यसैगरी जवाफ फर्काउने नेता नेपालको कार्यशैली जिम्मेवार रहेको दुबैतर्फका नेताहरु स्वीकार गर्छन् । फरक बिचारलाई निषेध गरेर आफू अनुकूल पार्टी चलाउन खोज्दा अहिलेको अवस्थामा पुगे पनि नेताहरुले अझै नचेतेकोमा उनीहरुको चिन्ता छ ।

‘अध्यक्ष ओलीको हिजोको सार्वजनिक अभिव्यक्तिले पनि उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न भन्ने देखिन्छ । माधव नेपाललाई पार्टीमा ठाउँ छैन भन्नुको अर्थ उहाँ एक्लै हिंड्न खोज्नुभएको रहेछ । एक-दुई जनालाई आफूतिर तानेर एकता भयो भन्ने सोच्नु गलत हुन्छ । माधव कमरेड बिना एकता हुनै सक्दैन’, नेपाल पक्षका एक नेताले भने ।

ओलीका पछिल्ला अभिव्यक्तिप्रति स्वयं ओली पक्षकै नेताहरु पनि सन्तुष्ट छैनन् । अध्यक्षको हैसियतले मिलाउने जिम्मेवारी पनि बढी हुने भएकाले संयमित हुनुपर्नेमा उनीहरुको जोड छ । ‘उहाँहरु हाम्रो पार्टीको मुख्य नेता हुनुहुन्छ,त्यसैले बढी जिम्मेवार उहाँहरु नै हुनुपर्ने हो तर त्यस्तो हुन सकेको छैन । दुई नेताबीचको अविश्वास कायमै राखेर एकता हुन सक्दैन भन्नेमा हामीहरु पनि छौँ । त्यसैका लागि विश्वासको वातावरण बनाउने प्रयास गर्दै गर्छौँ,उहाँहरु नै भत्काइ दिनुहुन्छ । हिजो अध्यक्षले त्यस्तो नबोल्नुपर्थ्यो । माधव कमरेडले पनि ठाउँ पाउँदा छोड्नुभएको छैन । दुबैतिरबाट गलत भैरहेको छ’, एक नेताले भने ।

नेपाल पक्षका नेताहरु भने ओलीको कार्यशैलीका कारण विश्वासको संकट चुलिएको बताउँछन् । सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने ओलीको विगतले कार्यदलको १० बुँदेप्रति पनि नेता नेपाल विश्वस्त नभएको बताइन्छ । नेता नेपालले ओलीलाई अध्यक्ष कायम राखेर एकता हुन नसक्ने बताउनुले पनि त्यसको संकेत गर्छ । हिजो अखिल फोर्सको कार्यक्रममा रामकुमारी झाँक्रीले पनि माधव नेपाललाई दोस्रो अध्यक्षको प्रस्ताव अस्वीकार गर्दै ओलीले अध्यक्ष छोडे मात्र एकता हुने बताएकी थिइन् ।

सफ्टेरो पर्दा मनलाग्दी गर्ने अनि “अहिले माधव नेपालहरुले सघाउनुपर्ने ? साथ दिनुपर्ने ? ल्याप्चे ठोकिदिनुपर्ने ? भोलि उहाँलाई सजिलो हुँदा फेरि पेल्नुहुन्न भन्ने ग्यारेन्टी छ ?”

‘दुई-दुई पटक प्रतिनिधिसभा विघटनदेखि सारा राजनीतिक नियुक्तिसम्म उहाँले कसलाई सोध्नुभयो ? कुन कमिटीमा निर्णय गराउनुभयो ? अनि अहिले पनि उहाँले भनेअनुसार नै हामी मिल्न गैदिनुपर्ने हो ?’, प्रश्न गर्दै ती नेता भन्छन्, ‘त्यत्रा निर्णय गर्दा पार्टीमा छलफल हुनुपर्छ कि पर्दैन ? सफ्टेरो पर्दा मनलाग्दी गर्ने अनि अहिले माधव नेपालहरुले सघाउनुपर्ने ? साथ दिनुपर्ने ? ल्याप्चे ठोकिदिनुपर्ने ? भोलि उहाँलाई सजिलो हुँदा फेरि पेल्नुहुन्न भन्ने ग्यारेन्टी छ ?

ओली पक्षका अर्का एक नेताले भने दुवैतिरबाट कमजोरी भएकाले ओली र नेपाल दुबैले आत्मालोचित भएर एकताको पक्षमा उभिनुपर्ने बताए । आफ्नै पार्टीको नेतालाई विश्वासको मत नदिने,अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बनाउने जस्ता निर्णय गरेकोमा माधव नेपालले पनि आत्मालोचित हुनुपर्ने उनको भनाइ छ ।

नेपाल पक्षले भने ओलीले पार्टीमा छलफल नै नगरी एकलौटी गर्नुको परिणाम अहिलेको अवस्था आइपरेको बताउने गरेको छ । पार्टीमा छलफल गरेर कमिटी प्रणालीबाट नचल्नुको परिणाम नेकपा हुँदै एमालेसम्म विभाजनमा पुगेको र कम्युनिष्ट आन्दोलन कमजोर बनेको उनीहरुको तर्क छ ।

टिप्पणीहरू