भारतीय एसएसबीले तुइन फुस्कायो,गृह मन्त्रालय यथार्थ खोज्दै

भारतीय एसएसबीले तुइन फुस्कायो,गृह मन्त्रालय यथार्थ खोज्दै

गृह मन्त्रालयले तुइनको लठ्ठा फुस्काएपछि महाकाली नदीमा एक जना नेपाली नागरिक बेपत्ता भएको विषयमा यथार्थ खोज्ने बताएको छ । हिजो दार्चुला जिल्लाको व्यास गाउँपालिका २ मा तुइनबाट नेपालतर्फ आउँदै गरेका जयसिंह धामी भारतीय एसएसबीले लठ्ठा काटिदिँदा महाकालीमा खसेर बेपत्ता भएका छन् ।

उक्त घटनाप्रति दुःख व्यक्त गर्दै गृह मन्त्रालयले सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशित समाचार र सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको र घटनाको यथार्थ पत्ता लगाउन स्थानीय प्रशासन एवम् सुरक्षा निकायहरुलाई परिचालन गरिएको जनाएको हो ।

मन्त्रालयले सत्य तथ्य पत्ता लगाउन र हराएका व्यक्तिको खोजी तथा उध्दार गर्न जिल्ला प्रशासन कार्यालय दार्चुला, त्यहाँस्थित नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागको टोली खटिएको बताएको छ ।

आज प्रकाशित विज्ञप्तिमा टोलीले सत्य तथ्य पुष्टि नगरेको अवस्थामा भ्रम सिर्जना हुनेगरी सूचना तथा समाचार प्रकाशित नगर्न गृह मन्त्रालयले अनुरोध गरेको हो ।

टिप्पणीहरू