अरुलाई ताक्दा आफैंलाई अप्ठ्यारो

अरुलाई ताक्दा आफैंलाई अप्ठ्यारो

प्रधानमन्त्री रहनुहुँदा केपी ओलीले अरुका लागि बनाउनु भएको नियमले आफैँलाई पिरोलेको छ । भर्खरै बहिर्गमित प्रधानमन्त्री ओली र पूर्वराजा ज्ञानेन्द्र शाहसँग अहिले बराबरी संख्यामा सशस्त्रको सुरक्षा टोली छ ।

प्रावधानअनुसार सशस्त्रले ओलीको सुरक्षार्थ पछुवासहित १६ जना खटाएको छ । केही समयअघि ओलीले गरेको सुरक्षा कटौतीमा परेर पूर्वराजा ज्ञानेन्द्र शाहसँग रहेको झण्डै सय संख्याको टोली १६ मा खुम्चिएको थियो । तर, नियम बनाएको केही महिनामा त्यही नियमले स्वयं ओलीलाई पनि छोएको हो ।

उता सशस्त्रमा सानो दर्जाको बढुवा विवाद हुँदा ठूला दर्जाका हाकिमहरू मारमा परेका छन् । डिएसपीबाट एसपी बढुवा गरिँदा माथिल्लो र तल्लो व्याचको लफडा परेपछि लफडा आइलागेको हो ।

एसपी बढुवाका लािग १५ जनाको सिफारिस सार्वजनिक भएपछि उजुरी छानवीन समितिमा न्याय माग्न केही डिएसपी दौडिएका छन् । बढुवा सूचीमा पछिल्लो व्याचबाट तीनजना परेका छन्, त्यो पनि २७–२८ नम्बरका । उनीहरू तीन वर्षपछाडि भर्ना भएका अधिकृत हुन् ।

यसले बृत्ति विकासमा बाधा पु¥याएको भन्दै हलचोकमा उजुरी परेको छ । यही विवादका कारण अहिले डिआइजीदेखि तलको सरुवा रोकिएको छ ।

टिप्पणीहरू