काठमाडौँको सडकमा माधव नेपालको शक्ति प्रदर्शन

काठमाडौँको सडकमा माधव नेपालको शक्ति प्रदर्शन

राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिका रुपमा उदाएको नेकपा एमालेको माधव नेपाल समूहले अहिले काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ । सो समूह निकट अखिल फोर्सले र्‍याली र उपत्यका भेला गरेको हो ।

अनेरास्ववियु केन्द्रीय कमिटीद्वारा आयोजित अखिल फाेर्सकाे भेला तथा घाेषणा कार्यक्रम शुरु हुनुपूर्व मोटरसाइकल र्‍यालीसहित शक्ति प्रदर्शन गरिएको थियो । सयौँको संख्यामा मोटरसाइकलमा आएका अखिलका कार्यकर्ता सभास्थलतर्फ लागेका छन् ।भृकुटीमण्डपबाट शुरु भएको र्याली भद्रकाली,शहिदगेट, सिभिल मल,त्रिपुरेश्वरचोक, थापाथलीचोक,माइतीघर हुँदै बबरमहलस्थित कार्की ब्याँक्वेटमा रहेको सभास्थल पुगेको हो । र्‍यालीमा ‘अखिल फोर्स’का अध्यक्ष तपेन्द्र शाही,अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली,महासचिव आरती लामालगायत करिब ४०० बाइक/गाडीमा ७०० जनाको सहभागिता रहेको बताइएको छ ।र्‍यालीमा सहभागी अखिलका कार्यकर्ताले ‘नेकपा एमाले जिन्दावाद !’, ‘पार्टी एकता विरोधी कहाँ छ ? अखिल फोर्स यहाँ छ !’, ‘अखिल फोर्स जिन्दावाद !’, ‘पार्टी एकता जिन्दावाद !’, एमसीसी खारेज गर !’ जस्ता नारावाजी गरेका थिए ।र्‍यालीपछि करिब १५०० को उपस्थितिमा भेला तथा घोषणा सभा शुरु भएको छ । भेलालाई पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले केहीबेरमा सम्बोधन गर्ने कार्यक्रम छ ।

टिप्पणीहरू