जिल्ला समन्वय समितिमा शिक्षक महासंघको धर्ना

जिल्ला समन्वय समितिमा शिक्षक महासंघको धर्ना

काठमाडौं जिल्ला समन्वय समितिको कार्यालयमा नेपाल शिक्षक महासंघले धर्ना दिएको छ । आफूले राखेका ३४ सूत्रीय माग पूरा गराउन धर्ना दिइएको महासंघले जनाएको छ ।

महासंघ अध्यक्ष रविन महर्जनको नेतृत्वमा झण्डै डेढ दर्जनको संख्यामा शिक्षकहरुले आज बिहान ८ बजेदेखि धर्ना दिएका हुन् । उनीहरुले गुणस्तरीय शिक्षाको लागि मुलुकको बजेटमा २० प्रतिशत छुट्याउनुपर्ने माग गरेका छन् ।

त्यसैगरी संविधानको धारा ३१ को शिक्षासम्बन्धी हकबमोजिम आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहको पनि निःशुल्क गर्न माग गरिएको छ ।धर्ना आज एक दिन मात्र हुने जनाइएको छ ।

टिप्पणीहरू