अस्कल क्याम्पसको ताला खुल्यो

अस्कल क्याम्पसको ताला खुल्यो

अस्कल क्याम्पसमा विभिन्न माग राख्दै तालाबन्दी गर्दै आएका आन्दोलनकारी विद्यार्थी र क्याम्पस प्रशासनबीच आज वार्ता भएको छ । निमित्त प्रमुख केदारनाथ छत्कुली र बिएस्सी सीएसआईटी आठौं सेमेष्टरका विद्यार्थीहरुबीच वार्ता भएको हो ।

क्याम्पस प्रमुख छत्कुलीले क्याम्पस प्रशासनमा लगाइएको ताला नखोलेसम्म वार्ता सम्भव नभएको बताएपछि मध्यान्हदेखि तालाबन्दी खुलेको हो ।

विद्यार्थीहरुले तालाबन्दी खुल्ला गरेपछि मध्यान्हदेखि वार्ता समेत भएको थियो ।

टिप्पणीहरू