घरको दैलोमा तुल्सी रोप्नु किन जरुरी छ ? (भिडियोसहित)

घरको दैलोमा तुल्सी रोप्नु किन जरुरी छ ? (भिडियोसहित)

हिन्दू धर्ममा तुलसीको महत्व निकै रहेको छ । तुलसीलाई हिन्दू सबैले विष्णु भगवानको रुपमा पुज्छन् । तीन वटा एकादशीलाई विशेष महत्वका साथ तुलसीसँग जोडिएको छ । निर्जला एकादशीमा तुलसीको बीऊ छर्ने,हरिशयनी एकादशीमा बेर्ना सार्ने र हरिबोधनी एकादशीमा धुमधामका साथ पूजा गर्ने गरिन्छ ।

अधिकांश हिन्दूको घर आँगन वा निवास बाहिर तुलसी रोप्नको लागि मठ समेत बनाइएको हुन्छ । धार्मिकसँगै यसको विज्ञान र उपचारपध्दतिमा त्यत्तिकै महत्व छ । आयुर्वेदिक उपचारमा तुलसीलाई अचुक मानिन्छ ।

तुलसी घर आँगनमा रोप्नाले नकारात्मक ऊर्जाहरु हराएर जाने विश्वास रहँदै आएको छ । तुलसीको बोटले वरिपरिको वातावरणमा सकारात्मक ऊर्जा ल्याउने गरेको कतिपयले प्रमाणित नै गरिदिएका छन् ।

दक्षिण भारतमा एक जनाले तुलसीको बोटले वरिपरिको वातावरणमा ल्याएको सकारात्मक ऊर्जालाई प्रमाणित गरेर देखाएका छन् । त्यसको लागि एकपटक भिडियो हेर्नुहोस् ।

टिप्पणीहरू