संक्रमितको संख्या बढ्दो,तर काठमाडौंका ११ अस्पताल तथा आइसोलेशनमा बिरामी शून्य

संक्रमितको संख्या बढ्दो,तर काठमाडौंका ११ अस्पताल तथा आइसोलेशनमा बिरामी शून्य

निषेधाज्ञा खुल्ला हुँदै जाँदा कोरोना महामारीको ग्राफ बढ्दै गएको छ । तर,यहि बेला काठमाडौका ११ वटा अस्पताल तथा आइसोलेशन सेन्टरहरु कोरोना बिरामीमुक्त पाइएका छन् । जनआस्थालाई प्राप्त पछिल्लो विवरणअनुसार काठमाडौ जिल्लामा रहेका विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रमध्ये ११ वटामा एक जना पनि कोरोना संक्रमित नभेटिएका हुन् ।

जसअनुसार कीर्तिपुर मोडर्न अस्पताल,बयोधा अस्पताल, राजधानी अस्पताल,यति अस्पताल, बुद्धमाई अस्पताल,कीर्तिपुरकै ज्येष्ठ नागरिकको भवनमा रहेको आइसोलेशन सेन्टर,कीर्तिपुर नयाँ बजारस्थित कभर्डहलमा रहेको आइसोलेशन सेन्टर, दक्षिणकालीस्थित मनमोहन स्मृति सामुदायिक अस्पताल, ज्योति अस्पताल, नागार्जुन नगरपालिकाको इचङ्गुमा रहेको शहरी विकास भवनको आइसोलेशन सेन्टर र स्वयम्भूस्थित आनन्द कुटीमा रहेको आइसोलेशन सेन्टरमा केही दिनदेखि एक जना पनि कोरोना संक्रमित भर्ना भएका छैनन् ।

तर काठमाडौंकै कीर्तिपुरस्थित आयुर्वेद अस्पतालमा ५८ जना, कलंकीको नेशनल अस्पतालमा ३ जना, कलंकीकै सहिद मेमोरियल अस्पतालमा २ जना, मनमोहन मेमोरियल अस्पतालमा ८ जना र ब्लु क्रस अस्पतालमा १ जना उपचाररत छन् ।

त्यसैगरी, शुक्रराज ट्रपिकल अस्पतालमा ७० जना, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा ७३ जना तथा चाल्नाखेल स्वास्थ्यचौकीमा ९ जना कोरोना संक्रमित उपचार गराइरहेका छन् । विवरणमा पछिल्लो २४ घण्टामा मनमोहन मेमोरियल अस्पताल र वीरेन्द्र सैनिक अस्पताल छाउनीमा एक एक जनाको मृत्यु भएको उल्लेख छ ।

टिप्पणीहरू