जिल्ला र उच्च दुबैतिरबाट यौन काण्डमा महरा चोखिए

जिल्ला र उच्च दुबैतिरबाट यौन काण्डमा महरा चोखिए

यौन दुर्ब्यवहारको अभियोगमा मुद्दा खेपिरहेका पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले समेत सफाइ दिएको छ ।

न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको २ नम्बर इजलासले महरालाई सफाई दिएको हो । आज महराविरुध्द मुध्दाको सुनुवाई गर्दै दुई नं. इजलासले जिल्ला अदालत काठमाडौँले यसअघि गरेको फैसला सदर गरेको हो ।

महरालाई सफाई दिने जिल्ला अदालतको निर्णयविरुध्द सरकारी वकिल उच्च अदालत पुगेका थिए । २०७७ पुस १७ मा रिट दायर गरिएको थियो ।

महरामाथि सभामुख रहेका बेला संसद् सचिवालयमा कार्यरत रोशनी शाहीलाई जबर्जस्ती करणी उद्योग गरेको आरोप लागेको थियो । आरोप लागेपछि महराले पदबाट राजीनामा दिनुभएको थियो ।

टिप्पणीहरू