कोरोना संक्रमितको ग्राफ बढ्यो, २४ घण्टामा झण्डै ३९ सय नयाँ संक्रमित थपिए

कोरोना संक्रमितको ग्राफ बढ्यो, २४ घण्टामा झण्डै ३९ सय नयाँ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा मुलुकभर ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसबीचमा कोरोनाको कारण २० जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६ सय ५५ जनामा पीसीआर तथा ४ हजार ८ सय ६३ जनामा एन्टिजेन गरी १७ हजार ५ सय १८ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

त्यस्तै, आज १ हजार ७ सय ७८ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर २८ हजार ८ सय ३६ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू