यौटा मुख्यमन्त्रीलाई पौने करोड

यौटा मुख्यमन्त्रीलाई पौने करोड

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको लागि रु. ७८ लाख ५३ हजार रकम विनियोजन गरिएको पाइएको छ । मुख्यमन्त्री शाहीको विलासी जीवन निर्वाहका लागि आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट कार्यक्रममा मुख्यमन्त्रीले पाउने पारिश्रमिक सुविधाबाहेकको उक्त रकम विनियोजन गरिएको हो ।

मुख्यमन्त्री शाहीका लागि पारिश्रमिक सेवा सुविधाबाहेक भ्रमण खर्च २५ लाख २० हजार, पर्यटन काज वापतको खर्च १० लाख ५८ हजार र चियापान खर्च ७ लाख ५० हजार,अतिथि सत्कारका लागि १ लाख ८० हजार,अतिथि स्वागत खर्च १० लाख, डिजेल खर्च ३ लाख बजेट व्यवस्थापन गरिएको हो ।

मुख्यमन्त्री शाहीलाई जारको पिउने पानीका लागि २ लाख ८८ हजार र ट्यांकर पानीका लागि २ लाख ८८ हजार बजेट विनियोजन गरिएको छ ।

उनैको लागि सञ्चार खर्चवापत ८४ हजार,टेलिफोन जडानवापत ९० हजार,ईन्टरनेटका लागि ७५ हजार,टेलिफोन महसुलका लागि ५ लाख ७५ हजार,एसएमएसवापत १ लाख २० हजार र ईमेल ईन्टरनेट,वेवसाइट महसुल ५ लाख २५ हजार रकम विनियोजन गरिएको छ ।

यस्तै,मुख्यमन्त्रीको समन्वय विज्ञको लुगा भत्ता १० हजार, डिजेल २८ हजार,मोबिल ६ हजार, मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकार २ लाख ४० हजार र मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार आवास सुविधा २ लाख ४० हजार रहेको छ ।

टिप्पणीहरू