कमरेडको हातमा कुकुर ?

कतै तपाईंले बाटोघाटोमा माले नेता सीपी मैनालीसँग भेट्नुभयो भने सोध्नुहोला, ‘कमरेडको दुबै हातमा केको चोट लागेको होला ?’ जवाफ पाउनुहुनेछ, ‘घरमै पालेको कुकुरले यस्तो ग¥यो…!’ तर, कुरा किन नपत्याउनुस् भने, यो घरमा पालिएको कुकुरले उनलाई छोएको पनि छैन । कुरा अर्कै छ ।

उनको पार्टीबाट भूमिसुधार मन्त्री बनाइएका डम्बर श्रेष्ठले चितवन सौराहाकी पार्वती कुमाललाई सांसदमात्र बनाएनन्, श्रीमान्सँग भेटघाट नहुने गरी आफूसँगै राखे । उनी मन्त्री छँदा धेरैपल्ट पत्नी भेट्न भनी पुल्चोकस्थित मन्त्रीक्वार्टर छिर्न खोज्दा मूलगेटमा सुरक्षाकर्मीबाट घिसार्दै निकालिने गरेका पार्वतीका पतिले अन्ततः दुई साताअघि चितवनमा आत्महत्या गरेका छन् ।

संजोगले उनकै पार्टीबाट डा.बाबुराम भट्टराईको सरकारमा श्रममन्त्री भएर पछि गलहत्याइएका कुमार बेलबासे यसै साता कोटेश्वरको एउटा घेराबन्दीमा परे । कुनै सामान्य रेष्टुराँमा मदिरा पिउँदापिउँदै त्यहीँकी वेट्रेससँग लहसिन खोज्दा वरिपरिका मान्छेहरु मिलेर धक्का–मुक्का बर्साए । अहिले बेलबासे उठ्न नसक्ने भएर कोठामा थन्किएका छन् ।

माले महासचिव सीपीको दुबै हातमा चोट लाग्नुपछाडिका कारक डम्बर र कुमार हैनन् । तर, उनको पारिवारिकस्रोतका अनुसार, कुरा झण्डैझण्डै त्यस्तै हो । एकजना दलित समुदायकी सांसदसँग निकटताको कुरालाई लिएर चलेको गलफत्तिमा सीपीको हातले सास्ती खेप्नुपरेको बताइन्छ । उनको घरमा एउटा कुकुर त छ, त्यसले हत्तपत्त मान्छेलाई झम्टिहाल्दैन । तर, सीपीमाथि घरबाहिरका कोही मान्छेबाट भने आक्रमण भएको होइन ।

टिप्पणीहरू