यी हुन् एमाले मिलाउन कस्सिएका २६ भाइ

यी हुन् एमाले मिलाउन कस्सिएका २६ भाइ

नेकपा एमालेको दुईपक्षीय विवाद झन झन चर्किंदै जान थालेपछि दुवैतिरका केही सांसदले पार्टी एकताका लागि सामूहिक दबाब बढाएका छन् । अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच तिक्तता बढिरहेका बेला सांसदहरुले हिजो दिउँसो एक भेलाको आयोजना गरी ‘पार्टी आन्तरिक एकता सुदृढिकरण अभियान’ शुरु गरेका हुन् ।

विघटित कार्यदलका सदस्यहरुसंग छलफल गरी उनीहरुले १० बुँदे सहमति कार्यान्वयनमा सकारात्मक भूमिका खेल्न आग्रह गर्दै अपिलसमेत सार्वजनिक गरेका थिए ।

अभियानको नेतृत्व अध्यक्ष ओली पक्षबाट कृष्ण दाहाल र वरिष्ठ नेता नेपालका तर्फबाट यज्ञराज सुनुवारले गरेका छन् । अभियानमा दुवैतर्फबाट २६ सांसदले हस्ताक्षर गरेका छन् । जसमध्ये ७० प्रतिशत ओली पक्षका साँसदहरु छन् ।

अध्यक्ष ओलीमाथि एकताप्रति अनुदार भएको आरोप लागिरहेका बेला सो पक्षका सांसदहरुले दबाब बढाउन यस्तो अभियान थालेको बताएका छन् ।

यी हुन् एकता अभियानका २६ सांसद

डा.सूर्यप्रसाद पाठक (बाग्लुङ्ग-१)

पदम गिरी (पर्वत)

भुपेन्द्रबहादुर थापा (म्याग्दी-१)

गणेश पहाडी (सिन्धुली)

नारायणप्रसाद खतिवडा (नुवाकोट)

लालबाबु पण्डित (मोरंग-६)

सोमप्रसाद पाण्डे (पाल्पा-२)

झपटबहादुर रावल (कैलाली-२)

कृष्णभक्त पोखरेल (चितवन-२)
भूमि त्रिपाठी (धादिङ-१)

यज्ञबहादुर बोगटी (अछाम-२)

लीलानाथ श्रेष्ठ (सिराहा-३)

भैरवबहादुर सिंह (बझाङ)

नन्दलाल रोका (बाँके-३)

रविन्द्रराज शर्मा (दैलेख-१)

डा. दीपकप्रकाश भट्ट (कंचनपुर-३)

राजबहादुर बुढा (दैलेख-२)

ध्रुवकुमार शाही (सुर्खेत-१)

पवित्रा निरौला (खरेल) (झापा-२)

राजेन्द्र राई (धनकुटा)

जयकुमार राई (सुनसरी-१)

नवराज सिलवाल (ललितपुर-१)

खेमप्रसाद लोहनी (धादिङ-२)

गङ्गा चौधरी (दाङ)

शान्ति पाख्रिन (दोलखा)

एल पी साँवा लिम्बु (झापा-४)

भवानी खापुङ (तेर्हथुम)

टिप्पणीहरू