बिदेशीलाई हिरा,नेपालीलाई किरा,तथ्य सत्यमै चिराचिरा

बिदेशीलाई हिरा,नेपालीलाई किरा,तथ्य सत्यमै चिराचिरा

कालिकोटको महावै गाउँपालिका–५ गेलामा जन्मिएका विजय शाही २४ वर्षका भए । बुवा स्थानीय विद्यालयमा शिक्षक छन् । ठुल्बा पूर्व जिविस सभापति हुन् । बुवा चल्लापुर्जा शिक्षक भएका कारण सुर्खेत वीरेन्द्रनगरस्थित सिध्दार्थ स्कूलमा सानैदेखि पढाउन सके । त्यहीँबाट उनले २०७४ सालमा प्लस टु पास गरेका हुन् ।

त्यसपछि पढ्न भनेर काठमाडौं गए । सिद्धार्थ बोडिङ्ग स्कूल पढ्दा निकै कमजोर विद्यार्थी उनी ९ कक्षा पढ्दासम्म्म राम्रोसँग बोल्न समेत सक्दैनथे । उनी निकै कमजोर विद्यार्थी भएको र एक्कासी मेमोरी किङ्गको उपाधी पाएको सुन्दा आफू अच्चमित भएको सँगै पढ्ने लोचन बुढामगरले बताए । उनी भन्छन्,‘कहिलेकाँही पहिला कमजोर विद्यार्थीले पछि राम्रो गर्न सक्छ भन्ने लागेर पत्याएँ ।’

उनले पहिलो पटक कालिकोटमा गएर मेमोरी किङ्ग भएको बताएको खाँडाचक्र नगरपालिकाका रामबहादुर शाहीले बताए । ‘विजयका बिषयमा कालिकोटका अधिकाँशलाई थाहा थिएन ।’

‘एक दुई अंक रामायण र महाभारत ग्रन्थ श्लोक चाहिँ कण्ठ पारेका रहेछन् ।’ उनले भने,‘त्यही आधारमा जान्ने मान्येले पत्याए । परिवारको छवि राम्रो भएको कारणले होला भन्ने सबैलाई लाग्यो होला ।’  तर,अँग्रेजी,गणित लगायतका बिषयमा कमजोर नै रहेका उनले कसरी स्मरणशक्ति बढाउने फर्मुला पत्ता लगाए भनेर सबै चकित छन् ।

मेमोरी किङ्ग भनेर चिनाउँदै आएका कालिकोट महावै गाउँपालिका बस्ने विजय शाहीले नेपाली भ्रमित पारेको भन्दै आलोचना बढेको छ । अमेरिकी नेल्सन डेलिसले शाहीलाई भेटेर युटुयुबमा अपलोड गरेपछि शाहीको अद्भूत क्षमता उजागर भएको हो ।

मेमोरी किङ्गको नाममा शाहीले स्थानीय सरकार तथा प्रदेश सरकारबाट लाखौं रुपैयाँ फुत्काएका छन् । डेलिससँगको अन्तर्वार्तामा शाहीले राम्रो अँग्रेजी बोलेका छैनन् ।

यसअघि ०६८ सालमा इटहरीकी अनुजा बानियाँले ९० लाखभन्दा धेरै पैसा बसमा भेटेको भन्दै रास्ट्रपतिदेखि नेपाली मिडियासम्मलाई झुक्याएकी थिइन् ।

टिप्पणीहरू