जेलमै गएर माननीयको टाउको गन्ती

जेलमै गएर माननीयको टाउको गन्ती

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद निरुपण गर्ने क्रममा निर्वाचन आयोगले उसको कार्यकारिणी समितिका सदस्यहरुको सनाखत अहिले गर्दैछ । बिहान ११ बजे केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुको टाउको गनेर पक्ष र विपक्ष छुट्ट्याएपछि आयोगले औपचारिक निर्णय गर्ने तयारी छ । यद्यपि १५ गतेसम्म यो प्रक्रिया रोकी पाउन महन्थ खेमाले अवरोध गर्ने योजनासमेत बनेको सुन्नमा आएको छ ।

फौजदारी अभियोगमा जन्मकैदको सजाय डिल्लीबजार कारागारमा भोगिरहेका माननीय रेशम चौधरीको मत लिन आयोगका दुई जना कर्मचारीलाई खटाइएको छ । उनीहरु अहिले केहीबेरमा त्यहाँ पुगेर चौधरीको राय औपचारिक रुपमा लिएर आयोग जानेछन् । कर्मचारी टोलीले चौधरीलाई पार्टी विभाजनको पक्ष र विपक्षमा तपाईं महन्थ ठाकुर वा उपेन्द्र यादव कतातिर ? भनेर सोध्नेछ ।

स्रोतले भनेको छ, ‘तटस्थताको सुविधा पनि भएकाले उनी दुबै पक्षमा नलाग्न पनि सक्छन् ।’ त्यसैलाई आधार मानेर सदर खोर डिल्लीबजारमा रहेका रेशम चौधरीको समेत सनाखत गर्न लागिएको हो ।

कार्यकारिणी समिति र संसदीय दल दुबैतिर यादव पक्षको बहुमत देखिएको छ । तर रातारात परिस्थिति फेरबदल हुनसक्ने भएकाले उसले आफू निकट कार्यकारिणी सदस्यहरुलाई एकै ठाउँमा भेला गरेर हिजोदेखि प्रशिक्षणका लागि भन्दै ललितपुरस्थित गोदावरी रिसोर्टमा राखेको छ ।

उनीहरु अहिले केहीबेरमा त्यहाँ पुगेर चौधरीको राय औपचारिक रुपमा लिएर आयोग जानेछन् । कर्मचारी टोलीले चौधरीलाई पार्टी विभाजनको पक्ष र विपक्षमा तपाईं महन्थ ठाकुर वा उपेन्द्र यादव कतातिर ? भनेर सोध्नेछ ।

टिप्पणीहरू