सिडियोलाई अहिले गाडीको चाबी बुझाइने

सिडियोलाई अहिले गाडीको चाबी बुझाइने

सार्वजनिक सवारी साधनको विद्यमान आयु व्यवस्थामा परिमार्जन गर्नुुपर्ने माग राख्दै सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

आफ्ना ७ बुँदे माग कार्यान्वयन हुनुपर्ने बताएको महासंघले अहिले बिहान र्यालीसहित काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमक्ष पुगेर सम्पूर्ण सवारी साधनको साँचो बुझाउने बताइएको छ ।

उनीहरुले सवारी साधनको विद्यमान २० वर्षे आयुलाई संशोधन गर्नुपर्ने लगायतका माग राखेका छन् । त्यहि माग पूरा गराउन भन्दै आज बिहान साढे ९ बजे माइतीघर मण्डलाबाट र्यालीसहित बबरमहल प्रमुख जिल्ला अधिकारीको कार्यालय पुगेर सवारी साधनको साँचो बुझाउने कार्यक्रम राखिएको जानकारी दिइएको छ ।

टिप्पणीहरू