बकर ईदमा मात्रै भारतमा कति पशु रेटियो ?

बकर ईदमा मात्रै भारतमा कति पशु रेटियो ?

अस्ति मुस्लिम धर्मावलम्वीहरूले आफ्नो ठूलो चाड ईदउल अधा अर्थात् बकर ईद संसारभर मनाएका छन् । मुस्लिमहरूले बोका र खसीको बलि दिने भएकाले अस्तिको चाडलाई बकर ईद भनिएको हो । अन्यत्रझैँ भारतमा पनि अस्ति मुस्लिमहरूले बलि दिएका छन् । तर, त्यसको सबै हिसाब केलाइएको छ ।

भारतलगायतका मुलुकमा हिन्दु धर्मावलम्वीले कति बलि दिने गरेका छन् भन्नेबारे कुनै पनि हिसाब किताब गरिएको देखिँदैन । तर मुस्लिमको चाडमा भने सबै हिसाब किताब निकालिएको छ ।

यसपटक बकर इदको दिन भारतमा केहीले ३० करोड मुस्लिम जनसंख्या रहेको उल्लेख गर्दै हरेक परिवारले एउटा बोका वा खसी काटे पनि औसतमा ३ करोड बोका वा खसीको बलि दिइने तथ्याङ्क निकालेका छन् । औसतमा मुसलमान परिवारमा १० जना सदस्य हुने अनुमान गरिएको छ ।

कति लिटर रगत बग्यो, कति वटा हाँस,राँगो,ऊँट,भेँडा काटियो,काटिएका खसी बोका सफा गर्न कति लिटर पानी प्रयोग गरियोलगायतको तथ्याङ्क निकालिएको छ ।

जसअनुसार एउटा परिवारले कम्तिमा एउटा पशुको बध गरेमा पनि ३ करोड पशु मारिएका छन् । त्यसमध्ये पनि आधा परिवारले मात्रै पशु बध गरे पनि कम्तिमा डेढ करोड खसे! बोका काटिएका छन् ।

ती पशु काटिँदा औसत डेढ लिटर रगत बगे पनि १५ करोड लिटर रगत बगेको अनुमान गरिएको छ । सबै किसिमका पशुलाई औसतमा २ सय केजीमा रुपान्तरण गर्दा ३ अर्ब किलोग्राम मासु र हड्डी खपत भएको देखिन्छ ।

यति धेरै पशुको मासु सफा गर्न झण्डै ५० करोड लिटर पानीको खपत भएको छ । त्यतिले नपुगेर ठूला पशुको हाड प्रयोग नगरिने भएकाले त्यस्ता हड्डीहरु सडक, नाली,पोखरी,नदी र खेतमा फ्याँकिएको अनुमान गरिएको छ ।

टिप्पणीहरू