पुष्पलाल स्मृति दिवसमा अध्यक्ष ओलीको संकेत

पुष्पलाल स्मृति दिवसमा अध्यक्ष ओलीको संकेत

प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका कारण लोकतन्त्र खतरामा परेको बताउनुभएको छ । विगतमा राजतन्त्रलाई आदर्श मानेको काँग्रेसमा अहिले पनि राजतन्त्र मान्ने कि नमान्ने भन्ने बहस भइरहेको उहाँले दाबी गर्नुभयो ।

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा एमाले संस्थापन पक्षले ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले जन्मसिध्द श्रेष्ठतालाई आदर्श मान्ने काँग्रेस लोकतान्त्रिक हुनै नसक्ने बताउनुभयो ।

दर्जनौँ नेताहरुको उपस्थितिमा ओली समूहले ४३औँ पुष्पलाल स्मृति दिवस मनाएको हो । कार्यक्रममा माओवादी छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापाले पनि बोल्नुभएको थियो । एमाले वरिष्ठ नेता माधव नेपाल समूहतर्फ संकेत गर्दै उहाँले अवसरवादीहरुले छाडेपछि एमाले शुध्दिकरणको दिशामा अघि बढेको दाबी गर्नुभयो ।

कार्यक्रममा एमाले संस्थापन निकट नेताहरु विष्णु रिमाल,प्रदीप ज्ञवाली, ईश्वर पोखरेल,विष्णु पौडेल,सुवास नेम्वाङ,कृष्णगोपाल श्रेष्ठ,महेश बस्नेत,केशव बडाल,छविलाल विश्वकर्मा,मणि थापा,लेखराज भट्ट,शेरबहादुर तामाङ,किरण गुरुङ,टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल,वैधनाथ चौधरी,पृथ्वीसुब्बा गुरुङ,भानुभक्त ढकाल, शिवमाया तुम्बाहाम्फे, कैलाश ढुङेल, शेरधन राई, दावा लामा, निरुदेवी पाल, लालबाबु पण्डित, सुशिला नेपाल, रामेश्वर फुयाल, जगदीशप्रसाद कुस्यत, आनन्द पोखरेल, भानुभक्त ढकाल, राधा ज्ञवाली, यामलाल कँडेल, पद्मा अर्याललगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।

टिप्पणीहरू