बोल्दाबोल्दैकी आफन्त अस्पतालमा बितेपछि

बोल्दाबोल्दैकी आफन्त अस्पतालमा बितेपछि

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तोडफोड भएको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार गराइरहेकी सुनसरीको धरान १७ की ४५ वर्षीया शान्ति तामाङको गए राति १० बजे मृत्यु भएपछि मृतकका आफन्तले आज दिउँसो तोडफोड गरेका हुन् ।

असार ३० गते पिसिआर पोजेटिभ देखिएपछि अस्पतालमा भर्ना भएकी तामाङको कोभिड अस्पतालमा उपचार हुँदै आएको थियो । मृतक तामाङले मृत्यु हुनुभन्दा २ घण्टा पहिले आफन्तसँग राम्रोसँग कुराकानी गरेकाले मृत्युप्रति आशंका गर्दै तोडफोड गरेको बताइएको छ ।

आक्रोशितहरुले कोभिड–१९ उपचार कक्षको अगाडि तोडफोड गर्दा २ वटा सिसाको ढोका पूर्णरूपमा क्षति भएको छ ।

टिप्पणीहरू