एमाले युवा संघ कहिले शंख फुक्दै,कहिले बाँदर नचाउँदै

एमाले युवा संघ कहिले शंख फुक्दै,कहिले बाँदर नचाउँदै

एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट युवा संघले कहिले नेताहरुको पुत्ला र शवको डमी डढाउने त कहिले साँसदहरुको घर घेर्ने,शंख फुक्ने क्रममा आज बाँदर जुलुस निकालेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि पार्टीका सांसदहरुतर्फ लक्षित विभिन्न बिरोध कार्यक्रम गर्दै आएको संघले बिजुली बजार पुलमा बाँदर जुलुस निकालेको हो ।जुलुस त्यहाँबाट नयाँ बानेश्वरस्थित एभरेष्ट होटलसम्म पुगेको थियो । उनीहरुले लाल गद्दार होशियार, नेकपा एमाले जिन्दावाद,युवा संघ नेपाल जिन्दावाद,केपी ओली जिन्दावाद,विदेशी दलाल होसियार, राष्ट्रघाती मूर्दावाद,आज होइन भोलिलाई दश वर्ष ओलीलाई जस्ता नारा लगाएका थिए ।

हिजो उपत्यकाका विभिन्न निर्वाचन क्षेत्रबाट निर्वाचित एमाले सांसदको घर नजिकै एकोहोरो शंख फुकेर र पुत्ला दहन गरेर उनीहरुले बिरोध गरेका थिए ।

आजै युवा संघको बिरोध गर्दै अखिल फोर्सले काउण्टर कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको पुत्ला दहन गर्ने बताएको छ । कार्यक्रमको नेतृत्व संघका अध्यक्ष किरण पौडेलले गरेका थिए ।

टिप्पणीहरू