जताततै गाईजात्रा

अर्को जात्रा छ, यतातिर । निर्माता संघमा रहँदा राजकुमार राईले हिनामिना गरेको ३१ लाख रकममध्ये आकाश अधिकारीले ६ लाख दाखिला गरी अध्यक्षको टीका त लगाएका छन् । संस्थाको आठ लाख र भवन निर्माणको २५ लाख रकम दाखिला नगरी चक्रीय ब्याज खाइरहँदा उनै राजकुमारले हिनामिना गरेको बाँकी रकम हालै आएका नयाँ पदाधिकारीबाट असुलउपर गर्न निर्देश जारी भएको छ ।

उपाध्यक्षमा गोविन्द शाही, माधव वाग्ले, महासचिवमा रोज राना, सचिव छवि ओझा, कोषाध्यक्ष सुशील पोखरेलसहित आएका छन् । यिनै सदस्यले राजकुमारले गरेको बद्मासीको रकम दाखिला गर्ने सहमति बनेको बनाइन्छ ।

उता, पञ्चकन्या गु्रपमा कार्यरत रहँदा १२ करोडभन्दा बढी रकम गोलमाल गरी हाल नख्खु जेल चलान भएका गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहालको स्थानमा नयाँ अध्यक्ष ल्याउने तयारी भइरहेको छ ।
गीतकार संघको आगामी साधारणसभाबाट नयाँ अध्यक्ष चयन हुनेछ ।

टिप्पणीहरू