नारी जगतलाई किताबमा छुटाउँदा नमज्जा

नारी जगतलाई किताबमा छुटाउँदा नमज्जा

जुँगेमुठे मात्र समेटिएको र वीरांगनाहरूलाई छुटाइएको एउटा साहित्यिक कृति बजारमा आउनुअगावै चर्काे आलोचना खेप्दै छ । शिखा बुक्सका मालिक पुष्पराज पौडेल प्रकाशक र घनेन्द्र ओझा सम्पादक रहेर प्रकाशित कृति व्यक्ति एक व्यक्तित्व अनेक प्रकाशन भएर बजारमा पुग्नुअगावै विवादमा तानिएको हो ।

सो कृतिमा २२ जना साहित्यकारको जीवनी छ तर त्यहाँ एक जना पनि महिला साहित्यकार नअटाएपछि प्रकाशन भएर बजारमा पुग्नुअगावै आलोचना खेप्दै छ ।

घनेन्द्र आफैंमा सिद्धहस्त गजलकार हुन्, अनाममण्डली जन्माएर गजल लेखन र वाचनमा सक्रिय रहेका उनै ओझाद्वारा सम्पादित कृतिमा एउटै माता साहित्यकारको टाउको नदेखिएको भन्दै नारी साहित्यकारहरूले चर्काे विरोध गरिरहेका हुन् ।

जहाँ कृष्णहरि बराल, कृष्ण धराबासी, एस्पी कोइराला, दिनेशहरि अधिकारी, गंगाप्रसाद उप्रेती, वासुदेव अधिकारी, प्रतीक ढकाल, घनश्याम परिश्रमी, न्यौपाने, जीवा लामिछाने, वसन्त चौधरीलगायत २२ पुरुष साहित्यकारको तस्बिर आवरणमा छ ।

अहिले एक से एक नारी साहित्यकार उदाएका छन्। जसमध्ये केहीले मदन पुरस्कार जितिसकेका छन्, झमक घिमिरे, निलम कार्की निहारिका, हरिमाया भेटवाल, सीमा आभाष, राधा पौडेल, सरिता तिवारी, सरस्वती प्रतीक्षा, प्रभा बराल, अर्चना थापा, कुमारी लामा, प्रगति राईदेखि गीता रेग्मीसम्म ।

यस्ता सयौं नाम छन्, जो साहित्यमा डुबेका छन्, कृति बजारमा ल्याएका छन् तर यही कृतिमा यी नारी साहित्यकारहरू किन अटाएनन् ? नारीमाथि किन अपमान गरियो ? भन्दै चर्काे प्रश्न उठेको हो । घनेन्द्रचाहिँ अर्काे कृतिमा नारी मात्र राखेर प्रकाशन गर्ने भन्दै आफ्नो बचाउमा उत्रिएका छन् ।

टिप्पणीहरू