बैंकका कर्मचारी चिटिक्क परेर सडकमा

बैंकका कर्मचारी चिटिक्क परेर सडकमा

सामाजिक सुरक्षा कोष (एसएसएफ) विरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले नाराबाजी गरेका छन् । आफूहरुले खाईपाई आएको सुविधा घट्नेगरी जबर्जस्ती कोषमा आवद्ध गराउन खोजेको आरोपमा उनीहरु सडकमा आएका हुन् ।

आज बिहान कार्यालय समयमा उनीहरुले कालो ब्यानरसहित संयुक्त बिरोध प्रदर्शन गरेका थिए । प्रदर्शनमा उनीहरुले चर्को नारासमेत लगाए । निजी क्षेत्रका बैंकका कर्मचारीले ‘हाम्रो कमाइ हाम्रो हो, आँखा लाउन पाईंदैन’ ‘एसएसएफको पाराले दु:ख पाए साराले’, ‘ब्याक अफ एसएसएफ’ लगायत नारा घन्काएका थिए ।

सरकारले लागू गरेको सामाजिक सुरक्षा कोष विभेदकारी र अन्यायपूर्ण रहेको भन्दै उनीहरु आन्दोलित बन्दै आएका छन् । यता कोषले बैंक तथा वित्तीय संस्थालाई कोषमा आवद्ध हुन पटक पटक निर्देशन दिँदै आएको छ ।

टिप्पणीहरू