कोटेश्वरमा प्रचण्ड र माधवको भलाकुसारी

कोटेश्वरमा प्रचण्ड र माधवको भलाकुसारी

सत्ता गठवन्धनका दुई शीर्ष नेताबीच भेटवार्ता भएको छ । पुनर्स्थापित प्रतिनिधिसभा बैठकको पूर्वसन्ध्यामा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच आज दिउँसो नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो ।

भेटमा पछिल्लो राजनीतिक परिस्थिति र सरकारबारे कुराकानी भएको बुझिएको छ । विपक्षीबाट सत्ता गठवन्धनमा परिणत भएको पाँच दलीय गठवन्धनलाई कसरी अगाडि बढाउने भन्नेबारे दुई नेताबीच छलफल भएको स्रोतले बताएको छ ।

सर्वोच्च दालतको परमादेशले प्रतिनिधिसभाको बैठक भोलि बस्दैछ । एमाले विवाद प्रधानमन्त्रीले लिने विश्वासको मत र संसद बैठकको पूर्वसन्ध्यामा सत्ता गठवन्धनका दुई शीर्ष नेताको भेटवार्तालाई चासोका साथ हेरिएको छ ।

टिप्पणीहरू