भदौदेखि भारतमा कोरोनाको तेस्रो लहर फैलने !

भदौदेखि भारतमा कोरोनाको तेस्रो लहर फैलने !

भारतका स्वास्थ्य अनुसन्धान निकायहरूमा कार्यरत वरिष्ठ वैज्ञानिकहरूले कोरोनाको तेस्रो लहर आगामी अगस्ट महिनाको अन्त्यसम्ममा शुरु हुने बताएका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान संस्था भारतीय मेडिकल रिसर्च (आईसीएमआर) का महामारी र संक्रामक रोग प्रमुख डा समीरान पाण्डाले कोरोनाको तेस्रो लहर अगस्टको अन्त्यसम्ममा मुलुकमा शुरु हुन सक्ने बताउनु भएको हो ।

उहाले तेस्रो लहर दोस्रो लहरझैँ उच्च तथा तीव्र नहुने पनि बताउनु भएको छ । भारतमा तेस्रो लहर शुरु भएमा खुल्ला सीमाना भएको नेपाललाई समेत असर पर्ने सम्भावना त्यत्तिकै छ ।

यसअघिका दुई वटै लहर भारतमा पहिले र त्यसपछि नेपालमा देखिएको थियो ।

टिप्पणीहरू