नमात्तिनु,नआत्तिनु-प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा

नमात्तिनु,नआत्तिनु-प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा

आज उच्च अदालत पाटनको आकस्मिक निरीक्षण गर्दै प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले सडकका ताली र गालीले न्यायालयलाई कुनै प्रभाव नपर्ने बताउनुभएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासको सोमबारको फैसलापछि न्यायालयविरुद्ध भर्खरै बहिर्गमित सत्ताले सडक तताइरहेका बेला आज आकस्मिक रुपमा उच्च अदालत पाटनको निरीक्षणका लागि पुग्नुभएका राणाले यस्तो बताउनुभएको हो ।

३३ न्यायाधीश र ६० जना कर्मचारीलाई राखेर करिब एक घण्टा मन्तव्य दिनुभएका राणाले न्यायालय र न्यायाधीशका विरुद्ध सडकमा भएका गतिविधिले न्यायपालिकाको निष्पक्षतामा कुनै असर नपार्ने बताउनुभयो ।

उहाँले कसैका तालीले उत्साहित हुन र सडकका गालीबाट अत्तालिन नपर्ने भन्दै संयमित र कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन पनि दिनुभयो ।

‘न्यायालयप्रतिको आस्था र गरिमा अहिले बढेको छ,न्याय मर्न दिनु हुँदैन । कर्तव्य पथमा निरन्तर लागिरहनुपर्छ । यसैलाई निरन्तरता दिनुहोला’,प्रधानन्यायाधीश राणाले भन्नुभयो ।

साढे ३ बजे उच्च अदालत पुग्नुभएका राणा एक घण्टा बसेर साढे ४ बजे त्यहाँबाट निस्कनुभएको थियो ।

टिप्पणीहरू