कोरोनाको जोखिम घटेन, संक्रमित र मृतक संख्या बढ्दै

कोरोनाको जोखिम घटेन, संक्रमित र मृतक संख्या बढ्दै

कोरोनाबाट आज ३३ जनाको ज्यान गएको छ भने २ हजार ६ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ । हिजो १८ जनाको निधन भएको थियो ।

पछिल्लो २४ घण्टामा गरिएको ८ हजार २ सय ५६ पीसीआर तथा ४ हजार ५ सय १२ जनामा एन्टिजेन गरी १२ हजार ७ सय ६८ जनामा परीक्षण गरिएको थियो ।

आज १ हजार ७ सय ५७ जना संक्रमणमुक्त भएका छन् । मुलुकभर आज २६ हजार ६ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू