ओलीको एस्कर्टिङ युवा संघले गर्दै, ११ बजे बालुवाटार जान उर्दी

ओलीको एस्कर्टिङ युवा संघले गर्दै, ११ बजे बालुवाटार जान उर्दी

हिजो साँझदेखि पदमुक्त हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट आफ्नै निजी निवास बालकोट भक्तपुर सर्दै हुनुहुन्छ । त्यहि उपलक्ष्यमा उहाँ निकट राष्ट्रिय युवा संघ नेपालले आज बिहान बालुवाटारदेखि बालकोटसम्म मोटरसाइकल र निजी सवारी साधनको एस्कर्टिङ गर्ने भएको छ ।

युवा संघले अहिले ११ बजे बालुवाटार जान अनुरोध गर्दै ओलीलाई परमादेशको होइन, जनादेशको नेताको विशेषण दिएको छ । संघले बालुवाटारदेखि बालकोटसम्म जाने रुटबारे जानकारी गराउँदै भनेको छ, ‘नक्साल,रातोपुल, गौशाला,एअरपोर्ट,तीनकुने, कोटेश्वर,गठ्ठाघर हुँदै बालकोट ओली निवास ।’

निवर्तमान प्रधानमन्त्री ओलीको जय जयकार गर्दै निकाल्न खोजिएको र्याली बालुवाटारमा जम्मा हुने भनिएको छ । तर, दक्षिणमा भाटभटेनी मन्दिर,उत्तरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, पूर्वमा विशालनगर र पश्चिममा लाजिम्पाटबाट बालुवाटार जाने मोडसम्मको चार किल्लालाई ओली सरकारले नै निषेधित क्षेत्र भनेर यसअघि नै तोकेको छ ।

विगतमा नागरिक समाजदेखि अन्य प्रदर्शनकारीलाई प्रहरीले ती स्थानबाट अघि बढ्न दिने गरेको थिएन । आजको प्रदर्शनलाई सुरक्षा निकायले कहाँसम्म जान दिन्छ, त्यो भने हेर्न बाँकी रहेको नागरिक समाजका अभियन्ताहरूले बताएका छन् ।

टिप्पणीहरू