धारा उल्लेख नगरी देउवा प्रधानमन्त्री नियुक्त

धारा उल्लेख नगरी देउवा प्रधानमन्त्री नियुक्त

राष्ट्रपति कार्यालयले भर्खरै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको छ । तर सो कार्यालयद्वारा जारी विज्ञप्तीमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको कुनै पनि धारा उल्लेख गरिएको छैन ।

सर्वाेच्च अदालतले सोमबार संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्नू वा गराउनु भन्ने परमादेश दिएको भए पनि राष्ट्रपति कार्यालयले संविधानको कुनै धारा उल्लेख नगरी देउवालाई प्रधानमन्त्री नियुक्त गरेको हो ।भर्खरै जारी विज्ञप्तीमा भनिएको छ-संवैधानिक इजलासको मिति २०७८ असार २८ को फैसलाबमोजिम प्रतिनिधि सभाका सदस्य एवं नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको छ ।

टिप्पणीहरू